२३ बैशाख २०८१, आइतबार

शिवम् सिमेन्टद्वारा प्रदेश २ का एक हजार बढी निर्माणकर्मीसँग अन्तर्क्रिया


शिवम् सिमेन्टद्वारा अन्तर्क्रिया

काठमाडौँ । शिवम् सिमेन्टले प्रदेश नं. २ का एक हजार बढी निर्माणकर्मीसँग अन्तर्क्रिया गरेको छ । साथै उनीहरुको जोखिम बहन बिमा कार्यक्रम सम्पन्न गरेको छ ।

सो अन्तरक्रिया कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गरिएको हो । यससँगै हरेक सहभागी निर्माणकर्मीहरुको लागि पाँचलाख बराबरको दुर्घटना बिमा गरी बिमा पोलिसी हस्तान्तरण गरेको छ ।

देशका विभिन्न स्थानहरुमा शिवम् सिमेन्टले २५ सय बढी निर्माणकर्मीसँग निर्माण विज्ञ परामर्श सेवा तथा हरेक निर्माणकर्मीको पाँचलाख बराबरको जोखिम बहन बिमा गरिसकेको छ ।

मिर्चैया, गोलबजार, लाहान, सिराहा, कठौना, राजविराज, कञ्चनपुर, भारदह, बेलटार, रामपुर, कटारी लगायतका विभिन्न १२ स्थानमा एक हजार बढी निर्माण कर्मीहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !