१४ बैशाख २०८१, शुक्रबार

सर्वोच्चद्वारा पर्यटन बोर्डका सीइओ रेग्मीलाई निलम्बन नगर्न आदेश


डा. धनञ्जय रेग्मी

काठमाडौं । सर्वाेच्च अदालतले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

आज बुधबार सर्वोच्चका न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले पर्यटन बोर्डका सिइओ रेग्मीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वय नगर्नू नगराउनू भनी आदेश दिएको हो ।

सर्वाेच्च स्रोतका अनुसार उक्त मुद्दाका दुवै पक्षलाई छलफलका लागि आगामी माघ ३ गते अदालत उपस्थित हुन भनिएको छ । रेग्मीमाथि लागेको विभिन्न आरोप छानबिनको लागि पर्यटन मन्त्रालयको निर्देशनमा बोर्डकै उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा समिति समेत गठन गरिएको थियो ।

पर्यटनमन्त्री प्रेम आलेले ठाडो निर्देशन दिएपछि बोर्डले उपाध्यक्ष चन्द्रप्रसाद रिजालको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । छानविन समितिले रेग्मीलाई निलम्बन गरेको थियो ।

छानबिन समिति गठन भएसँगै रेग्मी स्वतः निलम्बनमा परेका थिए । आफूलाई निलम्बन गर्नु गैरकानुनी भएको भन्दै रेग्मी सर्वाेच्च पुगेका थिए । सर्वोच्चले रेग्मीलाई हटाउनुपर्ने कारण समेत माग गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !