२४ बैशाख २०८१, सोमबार

आगलागीवाट ७ वटा चौपाया मरे


आगलागी

रौतहट । रौतहटमा आगलागी हुँदा ७ वटा चौपाया मरेका छन् । स्रोतका अनुसार रौतहटको मौलापुर नगरक्षेत्र अन्तर्गत एउटा गोठमा भएको आगलागीमा परेर ७ वटा चौपाया मरेका हुन् ।

स्रोतका अनुसार मौलापुर–३ बैधनाथ साह कानुको गोठमा गएराति २ बजे लामखुट्टे धपाउन बालिएको घुरबाट सल्किएर आगलागी हुँदा गोठमा रहेको एउटा भैंसी, २ वटा पाडी, २ बाख्रा र २ वटा खसी जलेर मरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !