२१ बैशाख २०८१, शुक्रबार

सडक दुर्घटनावाट एकको मृत्यु


दुर्घटना

काठमाडौं । झापाको कमल गाउँपालिका-५ स्थित सडकमा दुर्घटना हुँदा एकजनाको मृयु भएको छ एक घाइते भएका छन् ।

स्रोतका अनुसार को.१ क १३९१ नम्बरको बस र प्र.१-०२-०४८ प ३०८९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सुनसरी बराहक्षेत्र नगरपालिका-१० बस्ने २२ वर्षीय अभिशेक यादवको मृत्यु भएको छ ।

स्रोतका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका यादवको लाईफ लाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको गो ।

त्यस्तैगरी दुर्घटनावाट सुनसरी बराहक्षेत्र नगरपालिका-१० बस्ने २५ वर्षीय राम कुमार खड्का घाइते भएका छन्। खड्काको सोही अस्पतालमा उपचार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !