२० बैशाख २०८१, बिहिबार

एक महिनादेखि बन्द रहेको सुर्खेत विमानस्थल आजदेखि पुनः सञ्चालनमा


सुर्खेत विमानस्थल

सुर्खेत । विमानस्थलको धावनमार्ग मर्मत गर्नुपर्ने भन्दै एक महिनादेखि बन्द रहेको सुर्खेत विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । मर्मतको काम सकिएसँगै विमानस्थल सञ्चालनमा आएको स्रोतले बतायो ।

यो सँगै आजका लागि वायुसेवा कम्पनीहरूले काठमाडौं–सुर्खेत टिकट बिक्री खुला गरेका छन् । बुद्ध एयरले सुर्खेत–काठमाडौं नियमित उडान गर्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !