६ बैशाख २०८१, बिहिबार

लमजुङको भुस्मेमा जीप दुर्घटना : ३ जनाको मृत्यु, ६ जना घाइते


दुर्घटना

लमजुङ । लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका-८ भुस्मे नजिकै कालिमाटी भन्ने स्थानमा ग १ ज ६३१७ नम्वरको जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

मस्र्याङ्दी-९ सिमपानीबाट सोही पालिकाको पिसहिलडाँडा घुम्न यात्रु लिएर गएरको सो जीप आज विहान दुर्घटनामा परेको भुस्मेका स्थानीयवासी होमराज तामाङले जानकारी दिए ।

जीपमा सिमपानीस्थित गणेश माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षक रहेका र घुम्तीमा ब्याक गर्ने क्रममा करिब ५० मिटर तल खसेर दुर्घटना भएको जनाइएको छ ।

खुदी प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगेको र जीपले थिचेकाको उद्धार गर्ने काम भइरहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । थप विस्तृत जानकारी आउन बाँकी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !