१४ बैशाख २०८१, शुक्रबार

नेपाल प्रहरीका ८ जना एसपीहरु एसएसपीमा बढुवा सिफारिस


प्रहरी प्रधान कार्यालय

काठमाडौँ । नेपाल प्रहरीका ८ जना प्रहरी उपरीक्षक (एसपी) हरूलाई वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ । हिजो सोमबार साँझ गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार जनपद समूहतर्फ ८ जनालाई बढुवा गर्न सिफारिस गरेको हो।

समितिले विकास राज खनाललाई एक नम्बरमा एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा सिफारिस हुनेहरूमा सुदीप राजभण्डारी, अनुराग कुमार द्विवेदी, राजेन्द्र सिंह खड्का, योग बहादुर पाल, टिका बहादुर केसी, ध्रुवराज राउत र भोलाबहादुर रावल रहेका छन् ।

बढुवा सिफारिस सूची नेपाल प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार गरिएको समितिले जनाएको छ ।

नेपाल प्रहरीका ८ जना एसपीहरु एसएसपीमा बढुवा सिफारिस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !