२० बैशाख २०८१, बिहिबार

ओखलढुंगामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १३ जना घाइते


दुर्घटना

ओखलढुंगा । ओखलढुंगामा जिप दुर्घटना आज बिहान भएको छ । ओखलढुंगाको सुनकोशी गाउँपालिका-९ बुलडाँडामा बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

ओखलढुंगाबाट च्यानम हुँदै ककनी मन्दिरतर्फ एकादशी मेलामा यात्रु लिएर गएको जाँदै गरेको प्रदेश–३–०१–०२२ च ९६९४ नम्बरको बोलेरो बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगा स्रोतले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेहरुमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१० बेतिनीका ३५ वर्षीया मिठुमाया मगर, १६ वर्षीया तुलसा मगर र उमेर थाहा नभएका खगेन्द्र मगर रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !