१५ बैशाख २०८१, शनिबार

सिन्धुपाल्चोकमा बस दुर्घटना : १ जनाको मृत्यु, ५ घाइते


दुर्घटना

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु-७ इचोकबाट काठमाडौंको लागि छुटेको यात्रुबाहक बस इचोकमा दुर्घटनामा परेको छ । सिन्धु हेलम्बु यातायात प्रालिको बा ४ ख ५८१५ नं को बस हेलम्बुको इचोकमा आज बिहान दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

मृत्यु हनेमा हेलम्बु-३ पाल्चोककी ५५ वर्षीया महिला पासाङ तामाङ रहेको इलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ ।

घाइते हुनेमा हेलम्बु ६ का अनुज तामाङ, सोही ठाउँमा पासाङ दोर्जे, साजन तामाङ, जङ्बु तामाङ, हेलम्बु ७ का आयुष पण्डित रहेको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी नायब निरीक्षक सुनिल थापाले जानकारी दिए ।

घाइतेको उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरू गरेको छ । ब्रेक फेल भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !