१४ बैशाख २०८१, शुक्रबार

जिल्ला कारागार मोरङभित्र कैदीबन्दीबीच दोहोरो झडप : ६ जना घाइते


जिल्ला कारागार मोरङ

बिराटनगर । जिल्ला कारागार मोरङभित्र कैदीबन्दीबीच दोहोरो झडप भएको छ । आज दुई समूहबीच झडप भएको झडपमा ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङ स्रोतका अनुसार खानाको विषयलाई लिएर कैदी बन्दीबीच दोहोरो झडप भएको बताएको छ । तर कारागारका चौकीदार किरण गुरूङले यातना दिएको भन्दै कैदीबन्दीबीच मंगलबार दोहोरो झडप भएको हो ।

दोहोरो झडपमा परी चौकीदार गुरुङ र नाइकेहरू शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता घाइते भएको कारागार स्रोतले बताएको छ । झडप हुँदा घाइते ६ जनालाई उपचारका लागि कोशी अस्पताल पठाइएको छ ।

चौकीदार गुरूङ समूहको अत्याचार सहन नसकेपछि कैदीबन्दीहरुवीच आपसमा विवाद भएर झडपको स्थिति सिर्जना भएको बताइएको छ । झडपपछि कारागारभित्र तनावको अवस्था सिर्जना भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !