२० बैशाख २०८१, बिहिबार

सर्वोच्चमा सबै मुद्दाको पेशी : न्यायाधीशले बन्दीका मुद्दा मात्र हेर्ने, इजलास नजाने


सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतमा सबै प्रकारका मुद्दाको पेशी चढेको छ भने प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज पनि आफ्नै लागि एकल इजलास तोकेका छन् । उनले आफ्नो एकल इजलाससहित १० वटा इजलास तोकेका छन् ।

सर्वोच्चका असन्तुष्ट न्यायायधीशसँगको परामर्शमा बन्दीका रिटमा मात्र सुनुवाइका लागि इजलास गठन गर्दै आएका जबराले मंगलबारबाट पूर्वसहमित विपरित सबै मुद्दाका लागि इजलास गठन गरेका छन् ।

बन्दी प्रत्यक्षीकरणका रिट सुनुवाइका लागि मात्र इजलास तोक्दै आएका प्रधानन्यायाधीश जबराले मंगलबारबाट सबै मुद्दाको सुनुवाइका लागि इजलास तोकेका हुन् ।

सर्वोच्च अदालतका १९ न्यायाधीशहरूले प्रधानन्यायाधीशसँग इजलास सेयर नगर्ने र बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र सुनुवाई गर्ने सहमति गरेका छन् । सबै मुद्दामा इजलास तोकेको भन्दै जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरूले भने मुद्दा सुनुवाइ नगर्ने बताएका छन् ।

उनको यो कदमबाट अरु असन्तुष्ट रहेका न्यायाधीशहरू थप रुष्ट भएसंगै सर्वोच्चको विवाद चर्किने सम्भावना बढेको छ भने नेपाल बार एशोसिएसनले सोमबार राति मात्रै निर्णय सार्वजनिक गर्दै आफूलाई इजलास नतोक्न प्रधानन्यायाधीश जबरालाई चेतावनी दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !