१४ बैशाख २०८१, शुक्रबार

हेटौंडामा देउसीभैलो खेलिरहेकालाई बसले ठक्कर दिँदा २ जनाको मृत्यु, ४ जना घाइते


Bus Accident in Hetauda

हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका-१९ मा देउसीभैलो खेलिरहेकाहरुलाई बसले ठक्कर दिदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

रौतहटको गौरबाट हेटौँडा हुँदै नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३, ००१ ख ०९३६ नम्बरको यात्रुबाहक बसले हेटौँडा-१९ नेवारपानीमा शनिबार राति देउसीभैलो खेलिरहेकाहरूलाई ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा हेटौंडा–१९ नेवारपानीका २० वर्षीय सुरज विष्ट र चितवन पिप्लेका ३४ वर्षीय प्रेमबहादुर सिंह ठकुरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिएका छन् ।

त्यस्तै बसको ठक्करबाट सङ्गम नेपाली, निषा मोक्तान, तुलसा विष्ट र लक्ष्मी गुरुङ घाइते भएका र उनीहरूको हेटौँडा तथा भरतपुर अस्पतालमा उपचार भइरहेको उनले बताए ।

बस अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । ठक्कर दिने बसमा स्थानीयवासीले आगजनी गर्दा बस पूर्णरूपमा जलेर नष्ट भएको छ । सो बसका चालक फरार रहेको, उनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !