१४ बैशाख २०८१, शुक्रबार

नेपालगन्ज विमानस्थलमा सीता एयरको जहाज बँदेलसँग ठोक्कियो


सीता एयरको जहाज

काठमाडौँ । नेपालगन्ज विमानस्थलमा सीता एयरको जहाज बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको छ । आज बिहान हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो । जहाजको अगाडिको र पछाडिको टायरको बीच भाग (तल्लो पेट) मा प्वाल परेको छ ।

नेपालगन्जबाट हुम्लाको सिमकोट उड्ने क्रममा सीता एयरको डोर्नियर विमानमा तीन वटा बँदेल ठोक्किएका हुन् । नेपालगन्ज विमानस्थल स्रोतका अनुसार मंगलबार बिहान ६:२० बजे धावनमार्गमा पूर्वबाट पश्चिमतर्फ टेकअफ रोल (उडानका लागि गुडिरहँदा) गर्ने क्रममा सीताको डोर्नियर विमानमा तीन वटा बँदेल ठोक्किएका थिए ।

दुर्घटनामा भने कुनै मानवीय क्षति भएको छैन । सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल छन् । बँदेल ठोक्किएपछि चालकदलले तीव्र गतिमा गुडिरहेको जहाजको टेकअफ रिजेक्ट गरेका थिए ।

अहिले जहाजलाई धावनमार्गबाट पार्किङमा ल्याइसकिएको छ । नेपालगन्ज विमानस्थलभित्र ठूलो झाडी भएकाले त्यहाँ बदेलको बासस्थान छ । यसअघि पनि जहाज उड्ने बेला बँदेल देखिने र ठोकिने घटना भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !