२० बैशाख २०८१, बिहिबार

सर्वोच्चका न्यायाधीशहरुको आज पनि जुटे आन्तरिक छलफलमा


सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुले आज पनि आन्तरिक छलफलमा जुटेका छन् । यसअघि हिजो आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले एक न्यायाधीशमार्फत सम्मानजनक बहिर्गमनको प्रस्ताव गरेका थिए ।

सर्वोच्चमा आज बन्दी प्रत्यक्षीकरणका मुद्दामा मात्र सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज बन्दी प्रत्यक्षीकरणका छ इजलास तोकेका छन् । त्यसमा चार संयुक्त र दुई एकल इजलास रहेका छन् ।

प्रधानन्यायाधीश जबराले मुद्दाको सुनुवाइका लागि आज बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र सुनुवाइका लागि पेसी तोकेका छन् । उनीहरुले केही दिनदेखि इजलास बहिस्कार गर्दै आएका थिए । केही दिनअघि बसेको न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्मानजनक बहिर्गमनकै पक्षमा रहेको निष्कर्षमा पुगेका सर्वोच्चका न्यायाधीशहरुले आज पनि मुद्दा नहेर्ने भएका थिए । सर्वोच्चका न्यायाधीशहरुको हिजो बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बहिर्गमनको लागि केही समय दिने निष्कर्ष निकालेको छ ।

चौतर्फी विरोधका वावजूद प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा हिजो आइतबार इजलासमा बसेपछि सर्वोच्चका न्यायाधीशहरुको बसेको बैठकले जबरालाई सम्मानजनक बहिर्गमनकै पक्षमा रहेको निष्कर्षमा निकालेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !