१४ बैशाख २०८१, शुक्रबार

पाँचथर बस दुर्घटना (अपडेट) : १६ जना घाइतेलाई हेलिकप्टरबाट लगियाे बिराटनगर


नेपाली सेनाकाे एआई १७ हेलिकप्टर

पाँचथर । पाँचथर जिल्लाको फिदिममा यात्रुवाहक बस दुर्घटना हुँदा घाइते भएकाहरुमध्ये १६ जनालाई हेलिकप्टरबाट बिराटनगर लगिएको छ । यसका साथै ३ जना गम्भीर घाइतेका आफन्तलाई समेत बिराटनगर लगिएको छ ।

घाइतेलाई थप उपचारको लागि धरान लैजाने तयारी भएपनि रात परेकोले उनीहरुलाई विराटनगर लगिएकाे हाे । घाइतेहरू नेपाली धरानबाट आएकाे नेपाली सेनाकाे एआई १७ हेलिकप्टरबाट बिराटनगर लगिएकाे हाे ।

आज सोमबार बिहान सिवाखाेलाबाट फिदिम आउदै गरेकाे को १ ख ३८६५ नम्बरको बस फिदिम-४ सरखण्डेमा बस सडकबाट खस्दा ६४ जना घाइते भएका थिए । समर्पित अस्पालतमा उपचाररत तीन जना सामान्य उपचारपछि घर फर्केका छन् ।

यसअघि गम्भीर घाइतेमध्ये १२ जनाकाे एम्बुलेन्सबाट सुबिधा सम्पन्न अस्पतालमा रेफर गरिएकाे थियो । केहि घाईतेहरूकाे पाँचथर अस्पताल, पाथिभरा अस्पताल र सर्मपित अस्पतालमा उपचार भईरहेकाे छ ।

उक्त बस दुर्घटना हुँदा घाइते भएकाहरुमध्ये मृत्यु भएका सवै ४ जनाकाे पहिचान खुलेको छ । मृत्यु हुनेहरुमा इलामकी ३४ बर्षिया महिला प्रमिला देवान, देवानकै ७ महिनाका छोरा निश्चल देवान, मोरङ लेटाङ नगरपालिका- ६ का ७ बर्षिय बालक प्रज्वल मगर र आशिका बुढाथाेकी रहेका छन् । आशिकाको ठेगाना खुल्न बाँकी छ ।

उक्त बसले सिबाखाेलाबाट फिदिम मान्छे लिएर आउदै गर्दा दुर्घटना परेकाे जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी डम्बर विश्वाकर्माले बताए । उक्त बसमा सवार ६२ यात्रु घाइते भएका थिए ।

उक्त बसले अर्को सवारीको साधनलाई उछिन्न सडकको डिलबाट अगाडि बढ्दा करिब २० मिटर तल खोेँचमा झरेको थियोे । दसैँमा घर तथा आफन्तकहाँ पुगी फर्कंदै गरेको जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका वासिन्दा दुर्घटनामा परेका हुन् ।

कुम्मायकको यासोक बजारलाई फिदिमसम्म जोड्ने निवुखोलास्थित पुलको भाग भत्केपछि यात्रु ट्याक्सीबाट खोलासम्म आई बस चढेका थिए । दुई किलोमिटर दूरी पार नहुँदै बस दुर्घटनामा परेको थियो ।

यो पनि पढ्नुहोस्

पाँचथर बस दुर्घटना (अपडेट) : ४ जनाकाे मृत्यु, सवैको पहिचान खुल्यो

पाँचथर बस दुर्घटना (अपडेट) : २ जनाकाे मृत्यु, १४ जनालाई रेफर

पाँचथरमा यात्रुवाहक बस दुर्घटना : ६२ जना घाइते


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !