१० असार २०८१, सोमबार

पाँचथर बस दुर्घटना (अपडेट) : ४ जनाकाे मृत्यु, सवैको पहिचान खुल्यो


पाँचथरमा बस दुर्घटना

फिदिम । पाँचथर जिल्लाको फिदिममा यात्रुवाहक बस दुर्घटना हुँदा घाइते भएकाहरुमध्ये ४ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुने सवै ४ जनाको सनाखत भएको छ ।

मृत्यु हुनेहरुमा इलामकी ३४ बर्षिया महिला प्रमिला देवान, देवानकै ७ महिनाका छोरा निश्चल देवान, मोरङ लेटाङ नगरपालिका- ६ का ७ बर्षिय बालक प्रज्वल मगर र आशिका बुढाथाेकी रहेका छन् । आशिकाको ठेगाना खुल्न बाँकी छ ।

उक्त बस दुर्घटना हुँदा मृत्यु हुने प्रज्वलको पाथीभरा अस्पताल, प्रमीलाको जिल्ला अस्पताल, उनकै ७ महिने छोरा निश्चल देवान र आशिकाको समर्पित अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आज सोमबार बिहान सिवाखाेलाबाट फिदिम आउदै गरेकाे को १ ख ३८६५ नम्बरको बस फिदिम-४ सरखण्डेमा बस सडकबाट खस्दा ६४ जना घाइते भएका थिए । समर्पित अस्पालतमा उपचाररत तीन जना सामान्य उपचारपछि घर फर्केका छन् ।

गम्भीर घाईते भएका १२ जनाकाे सुबिधा सम्पन्न अस्पतालमा रेफर गरिएकाे छ । गम्भीर घाईतेहरूलाई सुबिधा सम्पन्न अस्पताल लानकाे धरानबाट हेलिकप्टर आउदै गरेकाे बताईएकाे छ । केहि घाईतेहरूकाे पाँचथर अस्पताल, पाथिभरा अस्पताल र सर्मपित अस्पतालमा उपचार भईरहेकाे छ ।

उक्त बसले सिबाखाेलाबाट फिदिम मान्छे लिएर आउदै गर्दा दुर्घटना परेकाे जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी डम्बर विश्वाकर्माले बताए । उक्त बसमा सवार ६२ यात्रु घाइते भएका थिए ।

उक्त बसले अर्को सवारीको साधनलाई उछिन्न सडकको डिलबाट अगाडि बढ्दा करिब २० मिटर तल खोेँचमा झरेको थियोे । दसैँमा घर तथा आफन्तकहाँ पुगी फर्कंदै गरेको जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका वासिन्दा दुर्घटनामा परेका हुन् ।

कुम्मायकको यासोक बजारलाई फिदिमसम्म जोड्ने निवुखोलास्थित पुलको भाग भत्केपछि यात्रु ट्याक्सीबाट खोलासम्म आई बस चढेका थिए । दुई किलोमिटर दूरी पार नहुँदै बस दुर्घटनामा परेको थियो ।साे दुर्घटनाकाे बिस्तृत बिबरण आउन बाँकी छ ।

यो पनि पढ्नुहोस्

पाँचथर बस दुर्घटना (अपडेट) : २ जनाकाे मृत्यु, १४ जनालाई रेफर

पाँचथरमा यात्रुवाहक बस दुर्घटना : ६२ जना घाइते


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !