१५ बैशाख २०८१, शनिबार

बैतडीको ढुंगाड बस्तीमा सेतीको बाढी पसेपछि करिब ६० जना फसे


बैतडीको ढुंगाड बस्ती

बैतडी । बैतडी जिल्लाको सिगास गाउँपालिका-५ को ढुंगाड बस्तीमा सेती नदीको बाढी पसेपछि १० परिवारका करिब ६० जना फसेका छन् । उक्त बस्तीको दायाँ-बायाँबाट बाढी पसेर टापु बनाएको छ ।

१०५ घरधुरी रहेको बस्तीमा सोमबार राति १ बजेदेखि बाढी पसेको स्थानीयले बताएका छन् भने राति धेरै स्थानीय भागेर ज्यान बचाउन सफल भएका छन् । बाढी पसेपछि साेमबारदेखि नै केही अन्यत्र सरेका छन् भने केही नजिकैको टापुमा बसेका थिए ।

अहिले टापु नै डुबानमा परेपछि उनीहरूलाई हवाई उद्दार आवश्यक परेकाे छ । उद्वारका लागि प्रदेश सरकारसँग समन्वय भईरहेको छ । टापुमा फसेकाहरू अहिलेसम्म सुरक्षित रहेको तर खतरामा रहेको बताइएको छ । उद्दारमा सहयोग गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !