१२ बैशाख २०८१, बुधबार

संखुवासभा सामूहिक हत्याकाण्ड : आफन्त कार्की परिवारकै एक छिमेकी पक्राउ


संखुवासभा सामूहिक हत्या

संखुवासभा । संखुवासभाको एकै परिवार ६ जनाको सामूहिक हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गत सोमबार संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोलागाउँमा ६ फरक-फरक स्थानमा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले एक जना २५ वर्षीय छिमेकीलाई पक्राउ गरेको छ ।

हत्या अभियोगमा मारिएका परिवारसँग नजिक सम्बन्ध रहेका आफन्त कार्की परिवारकै नातामा भतिज पर्ने लोकबहादुर कार्कीलाई पक्राउ गरिएको संघीय प्रहरी कार्यालय धरानबाट घटनास्थलमा अनुसन्धानका लागि खटिएका एसपी भीमबहादुर ढकालले जानकारी दिए ।

प्रहरीले पत्रकार सम्मेलन गरेर आइतबार पक्राउ परेका व्यक्तिलाई चैनपुरमा सार्वजनिक गर्ने जनाएको छ । प्रहरीका अनुसार घटनास्थलमा रगत लागेका उनका लुगा फेला परेको छ । अन्य तथ्यहरुले पनि हत्यामा उनको संलग्नता हुनसक्ने देखाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको हो।

घरभित्र सहित सोमवार विभिन्न ४ ठाउँमा ६ वटा शव फेला परेको थियो। ८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षकी गोमा कार्कीको हत्या भएको हो ।

मंगलवार कार्कीको घरभित्र हेर्दा नगद ४ लाख ७० हजार रुपैयाँ र विभिन्न गहरगहना फेला पारेको थियो । त्यस्तै, शवमा पनि लगाइएका गहना फेला परेको थियो । जसले गर्दा प्रहरीले घटना लुटपाटको लागि नभएको हुनसक्ने प्रारम्भिक निष्कर्ष निकालेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !