२१ बैशाख २०८१, शुक्रबार

काभ्रेको बनेपा बजार डुबानमा


बनेपा बजार डुबानमा

काठमाडौं । गएरातिको लगातार वर्षा र बाढीले गर्दा काभ्रेको बनेपास्थित पुल बजार क्षेत्र डुबानमा परेको छ । वर्षाले गर्दा सोमबार बिहान पुल बजार क्षेत्र डुबानमा परेको एक प्रहरीले जानकारी दिए ।

प्रहरीका अनुसार वरपरका घर-पसल जलमग्न भएका छन् । पैदलयात्रु र सवारी साधनसमेत पार गर्न समस्या छ । पुण्यमाता खोलाको बाढीले राति तीन बजेदेखि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए । इलाका प्रहरी कार्यालय बनेपाको परिसर क्षेत्रसम्मै बाढी पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !