१४ बैशाख २०८१, शुक्रबार

कर्णाली प्रदेशका कृषि मन्त्री शाहीलाई लाग्यो बलात्कार गरेको आरोप


कुर्मराज शाही

कालिकोट । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई बलात्कार आरोप लागेको छ । शाहीले तत्कालीन स्वकीय सचिवकी श्रीमतीलाई यौन दूर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको हो ।

भिडियोमा मन्त्री शाहीले महिलालाई दूर्व्यवहार गरेको देखिन्छ । पीडितले उक्त भिडियो २०७६ माघ महिनाको भएको बताए । त्यति बेला उनी सांसद मात्रै थिए ।

आरोप लागेपछि मन्त्री शाहीले सांसद हुँदा स्वकिय राखेका आर्थिक हिनामिना गरेका कारण उनलाई हटाएको र त्यसैको रिसमा श्रीमतीसँग कृत्रिम भिडियो बनाएर धम्की दिएको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !