२४ बैशाख २०८१, सोमबार

कोरोना संक्रमणवाट हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’ को निधन


शम्भुराज थापा ‘बखते’

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’ को ५५ वर्षको उमेरमा निधन भएको कलाकार सन्देश लामिछानेले जानकारी दिए ।

नेपाली हाँस्य टेलिशृङ्खला हल्का रमाइलोमा ‘बखते’ को उपनामले चर्चित कलाकार थापाको शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको हो ।

तीन साताअघि कोरोना सक्रमित भएपछि थापालाई पाटन अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा झन् जटिलता देखिएको कारण भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

पछिल्लो समय चर्चित सिरियल ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा ‘खुइलीको बा’को भूमिकामा देखिँदै आएका थापाले ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायत थुप्रै सिरियल, विज्ञापन चलचित्र, चलचित्र अभिनय गरेका छन् ।

तीन दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय थापाले थुप्रै टेलिसिरियल र चलचित्रमा अभिनय गरेका थिए । टेलिफिल्म मार्फत अरुलाई कोरोनाबाट बच्न सजग र सतर्क गराउँदा गराउँदै स्वयं उनी नै कोरोनाको सिकार भएर यो धरतीवाट बिदा भए ।

यस्तै उनले महानायक राजेश हमाल, गौरी मल्ल लगायतको अभिनय रहेको ‘आफ्नो विरानो’ चलचित्र समेत निर्माण गरेका थिए । स्व. थापाका श्रीमती एक छोरा र एक छोरी चाहन । स्व. थापाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार लामिछानेले बताए ।

नेपालपत्रको तर्फवाट भावपुर्ण श्रद्धान्जली ! उहाँकाे आत्माकाे चिरशान्तिकाे कामना गर्दछौ । शोकाकुल परिवारमा धैर्य धारण गर्न सक्ने शक्ति मिलोस् !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !