१४ बैशाख २०८१, शुक्रबार

पानामा पेपर्समा सात नेपालीको नाम सार्वजनिक


Panama-Paper

२८ वैशाख, काठमाडौं । विश्वका धनी र शक्तिशाली व्यक्तिहरुको पोल खेल्ने पानामा पेपर्समा रहेका सात नेपालीको नाम सार्वजनिक भएको छ ।

ट्याक्स हेभन भनिने ब्रिटिस भर्जिन आइल्याण्ड, पानामा लगागयतका देशमा छायाा कम्पनी मार्फत गरेको लगानीबारे खुलासा गर्ने पानामा पेपरको पूर्ण दस्ताबेज सोमबार आईसीजेसीले सार्वजनिक गरेको हो ।

जसमा सात नेपालीको नाम छ । जसमा उपेन्द्र महतो र अरुण चौधरी पनि छन् । यस्तै नवाङ डोल्मा, उमादेवी सिंहानिया, करणकुमार चौधरी, सुर्वशकुमार चौधरी र सिला चौधरी छन् ।

उपेन्द्र महतोको दुई कम्पनीमा शेयर रहेको पानामा पेपर्सले देखाएको छ । ब्रिटिस भर्जिन आइल्याण्डमा दर्ता भएका स्पार्टली भेन्चर्स लिमिटेड र पन्कुर पाइनान्सेज लिडिटेडमा महतोको शेयर देखिएको हो ।

२००८ जुन २६ मा दर्ता भएका दुबै कम्पनी २०११ मे १६ बाट निस्क्रिय छ ।
चौधरी समूहमा एमडी हुन अरुण चौधरी । उनको नाम पनि पानामा पेपर्समा उल्लेख छ । उनको उर्साइन लिमिटेडमा शेयर रहेको देखिएको छ । ब्रिटिस भर्निज आइल्याण्डमा दर्ता भएको कम्पानी हो यो । २००४ मा जुन २४ मा दर्चा भएको यो कम्पनी २०१२ जुलाई २७ देखि निस्क्रिय छ ।

पानामा पेपर्समा नाम भएका सुर्वश, करण र शीला चौधरीको पनि यही उर्साइनमा शेयर छ । यसमा सबैको रजिस्टर्ड ठेगाना दक्षिण अफ्रिका राखिएको छ ।

नवाङ डोल्माको ब्रिटिस भर्निज आइल्याण्डमा दुई कम्पनीमा शेयर रहेको देखिएको छ । यस्तै उमोदेवी सिंहानियाको शेयर पनि ब्रिटिस भर्निज आइल्याण्डमै दर्ता भएको पि्रङ फल्स लिमिटेड कम्पनीमा देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !