२२ बैशाख २०८१, शनिबार

तामाकोशी नदी थुनिएको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध


तामाकोशी

चरिकोट । तामाकोशी नदी पहिरोले थुनिएको सूचना प्राप्त भएको भन्दै जिल्ला प्रशासन कार्यालय दोलखाले नदी किनाराका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ । चीनको तिब्बतमा तामाकोशी नदी थुनिएको हुँदा बाढीको खतरा रहेको भन्दै सुरक्षित र सतर्क रहन जिल्ला प्रशासनले अनुरोध गरेको हो ।

रोङसिया सहर तथा सो क्षेत्रमा भारी वर्षा भइरहेको र पहिरो जाँदा तामाकोशी नदी थुनिएको सूचना प्राप्त भएको प्रशासनले विज्ञप्ति मार्फत जानकारी दिएको हो । थुनिएको नदी कुनै पनि समय फुटेर बाढी आउन सक्ने भन्दै जिल्ला प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित र सतर्क रहन अनुरोध गरेको हो ।

जिल्ला प्रशासन कार्यालय दोलखाद्वारा जारी सूचनामा भनिएको छ, ‘भारी वर्षाका कारण सो क्षेत्रमा गएको पहिरोले नदीको प्रवाह रोकिन गएको सूचना प्राप्त हुन आएकोले सोको कारणले कुनै पनि समयमा तामाकोशी नदीमा पानीको मात्रा बढेर बाढी आउन सक्ने हुँदा नेपाल-चीन सीमा नजिकको बस्ती लगायत तामाकोशी नदीको तटीय क्षेत्रमा जोखिम सिर्जना हुन सक्ने सम्भावना देखिएकोले सो क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्णमा सजक रहन एवं कुनै खतराको संकेत प्राप्त हुँना साथ सुरिक्षत स्थानतर्फ जान अनुरोध गरिन्छ ।’

दोलखा सिडिओ प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !