१४ बैशाख २०८१, शुक्रबार

नेपाल सरकारका पूर्व सचिव माधव घिमिरेको निधन


माधव घिमिरे

काठमाडौँ । नेपाल सरकारका पूर्व सचिव माधव घिमिरेको निधन भएको छ । घिमिरेको हिजो निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले सामाजिक संजाल ट्वीटरमा लेख्दै मृदुभाषी, अत्यन्त मिलनसार, समाजसेवी, आफ्नो कलेजका सहपाठी साथी तथा सरकारका पूर्व सचिव माधव घिमिरेको निधनको खबरले आफू दुःखित र मर्माहत भएको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !