७ मंसिर २०८१, शुक्रबार

सङ्खुवासभामा आगलागीमा परेर किरियापुत्री बसेका दुई दम्पतीको मृत्यु


आगलागी

किमाथाङ्का । सङ्खुवासभाको मादी नगरपालिका-५ च्याङरिङमा आगलागीमा परेर किरियापुत्री बसेका दुई दम्पतीको मृत्यु भएको छ । गए राति आगलागीमा परेर किरियापुत्री बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको वडा नं ५ का वडाध्यक्ष नेत्रप्रसाद दाहाल जानकारी दिए ।

सात दिनअघि बितेका ८४ वर्षीय बुबा कृष्णप्रसाद दाहालको काजकिरियाका लागि बसेका दम्पतीको गए राति आफ्नै घरमा आगलागीमा परेर मृत्यु भएको हो । आगलागीमा परेर गम्भीर घाइते भएका राजेन्द्रबाबुको उपचारका लागि ओखरबोटे बजार ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र उनकी श्रीमती कमलाको घटनास्थमै मृत्यु भएको उनले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !