१९ बैशाख २०८१, बुधबार

होटलबाट मदिरा चोर्ने तीन प्रहरी निलम्बित


nepal-police

लहान । सिरहामा अचम्मको घटना भएको छ । चोरी र डकैतीमा संलग्नलाई कारबाही गर्ने प्रहरी नै चोरीमा सामेल भएपछि प्रहरीवाट के आशा गर्ने ? सिरहामा होटलबाट मदिरा चोरी गरेको भिडियो भाइरल बनेपछि तीन प्रहरी निलम्बनमा परेका छन् ।

इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) नवलकिशोर ठाकुर, प्रहरी जवान अन्नुकुमार राय र नरेशकुमार रायलाई निलम्बन गरिएको हो ।

सिरहा प्रहरीका प्रवक्ता डिएसपी शालीग्राम शर्माका अनुसार निषेधाज्ञा कार्यान्वयनका क्रममा पसल र होटल बन्द गराउँदै गएको प्रहरी टोलीमाथि मदिरा चोरी गरेको आरोप लागेको छ ।

प्रहरीका अनुसार जेठ ९ गते लहानको गढीया चोक आसपासमा रहेका होटल खुला राखेर मदिराको किनबेच भइरहेको थियो । मदिरा सेवन गरेर होहल्ला गर्नेलाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि होटल सञ्चालकहरु भागेका थिए ।

सञ्चालक भागेर होटल नै खाली भएको अवस्थामा प्रहरीले होटलबाट मदिरा लिएर गएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि तीन प्रहरी कारबाहीमा परेको डिएसपी शर्माले बताए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !