२१ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति भण्डारीद्वारा भारतीय राष्ट्रपतिलाई खोप उपलब्ध गराइदिन पत्राचार


राष्ट्रपति भण्डारीद्वारा भारतीय राष्ट्रपतिलाई खोप उपलब्ध गराइदिन पत्राचार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई नेपाललाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन पहल गरिदिन विशेष आग्रह गरेकी छन् ।

राष्ट्रपति भण्डारीले पहिलो डोज कोभिडसिल्ड खोप लगाएर बसेका नेपाली नागरिकलाई दोस्रो डोजको लागि आवश्यक मात्रा उपलब्ध गराउने कार्यकाल लागि पहल गरिदिन भारतीय राष्ट्रपतिलाई पत्राचार गरेकी हुन् ।

कूटनीतिक माध्यममार्फत भारतका राष्ट्रपति कोविन्दलाई नेपालमा खोप उपलब्ध गराउनको लागि पहल गर्न आग्रह राष्ट्रपति भण्डारीले नेपालको कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा भारतले गरेको सहयोगलाई लिएर धन्यवाद दिएकी छन् ।

भारत सरकारले अहिलेसम्म नेपाल सरकारलाई १० लाख खोप अनुदानमा दिइसकेको छ भने १ लाख खोप भने भारतीय सेनाले नेपाली सेनालाई सहयोग गरेपछि नेपालले भारतबाट २० लाख कोभिसिल्ड खोप खरिद गरेकामा हालसम्म १० लाख खोपमात्र आइपुगेको छ ।

खरिद गरेकै बाँकी १० लाख खोप नेपाल कहिले आउछ भन्ने हालसम्म टुंगो लागेको छैन । सिरम इष्टिच्युटले वर्ष २०२१ को अन्त्यबाट मात्र विदेशमा खोप निर्यात गर्ने भनेपछि नेपालले राष्ट्रपतिमार्फत विशेष पहल गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !