२१ बैशाख २०८१, शुक्रबार

नेपाल र भारतको सम्बन्ध झनै प्रगाढ बन्ने कोशियारीको दावी


bhagat-sing

१४ फागुम, काठमाण्डौ । सोमबार रिपोर्टर्स क्लबले गरेको विशेष साक्षात्कारमा नेपाल-भारत प्रबुद्ध समूहका भारत तर्फका संयोजक भगतसिंह कोशियारीले आगामी दिनमा नेपाल-भारत सम्बन्ध झनै प्रगाढ बन्ने दाबी गरेका छन् ।

कोशियारीले भने, ‘आगामी दिनमा नेपाल-भारत द्विपक्षीय सम्बन्ध विकास र समृद्धिमा बढी केन्दि्रत हुन्छ, भारत नेपालमा विकास भएको हेर्न आतुर छ, केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनेको छ, यो सरकारले देश र जनताको हितमा काम गरोस् ।’

भाजपाका पूर्वउपाध्यक्ष समेत रहेका संयोजक कोशियारीले नेपाल बसाईको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा के-के विषयमा छलफल भएको थियो ? भन्ने प्रश्नमा उनले भने, ‘मैले देउवासँग भेट गरें । प्रधानमन्त्री ओलीजीसँग पनि भेट गरें । प्रचण्डजीसँग पनि भेट गरें । मलाई राम्रो लाग्यो कि सबै नेताहरुले हामी भारतसँग कहिल्यै सम्बन्ध बिगार्नेबारे सोच्न पनि सक्दैनौं भन्नुभयो ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !