१४ बैशाख २०८१, शुक्रबार

माओवादी अध्यक्ष प्रचण्डलाई दुख माथी थप अर्को पिडा


prachanda and sita dahal

११ फागुन, काठमाण्डौ । भर्खरै पुत्र बियोग ब्यहोरेका माओवादी अध्यक्ष प्रचण्डलाई फेरी पिडा थपिएको छ । भर्खरै पुत्र बियोग ब्यहोरेका प्रचण्डलाई अर्को पिडा पत्नि सीता दाहाल हो । बोलीरहेको मान्छे को हो भनेर नचिन्ने , अहिलेको कुरा अहिल्यै बिर्सने, टोलाईरहने, एक्लै बर्बराउने जस्तो समस्या हाल सिता दाहाललाई देखा परेको छ जसका कारण प्रचण्डलाई पिडा थपीएको छ ।

प्रचण्ड पत्नि सीता दाहाल जो जनयुद्धदेखी नै प्रचण्डलाई राजनीतीक परामर्श एवं सुझाव सरसल्लाह दिई जीवन साथीको साथै राजनैतीक सहयात्री बन्दै आएकी थिईन् हाल उनी असामान्य बन्न पुगेकी छन् । करीव चार वर्ष अघि जेठी पुत्री र हाल सालै एक मात्र पुत्र प्रकाश दाहाललाई गुमाएका प्रचण्डले अव फेरी पत्नीको मनोरोगका कारण तनाव ब्यहोर्न पर्ने देखीएको छ ।

पत्नी सीता छोरा प्रकाशको निधनपछि टोलाईरहने कारणनै भर्खर मात्र प्रचण्ड परीवार लाजीम्पाट स्थीत निवासवाट खुमलटार सरेका थिए । मनोरोग लगायत अन्य स्वास्थ्यमा समस्या देखीएपछि सीता दाहाललाई केही साताअघि उपचारका लागि भारत पुऱ्याइएको थियो ।

उपचारमा संलग्न चिकित्सकहरूले बताए अनुसार र लक्षण हेर्दा उनलाई अल्जाइमर भएको हुन सक्ने आशङ्का गरेका छन् । स्मृति क्षय हुने रोगलाई अल्जाइमर भनिन्छ यस रोगले व्यक्तिको व्यवहार तथा व्यक्तित्व परविर्तन गर्ने, बिसर्ने, नयाँ कुरा सिक्न नसक्ने, अरूप्रति विश्वास नगर्ने, शंका गर्ने, हिँडडुल गर्न नसक्ने आदि बनाउँछ ।-news24


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !