२२ बैशाख २०८१, शनिबार

१३ करोड हिनामिनाका काठमाडौं भ्युटावरका ठेकेदार भेटवाल २ लाख धरौटीमा रिहा


मनोज भेटवाल

काठमाडौं । विशेष अदालतले काठमाडौं भ्युटावर निर्माण गरिरहेका ठेकेदार मनोजकुमार भेटवाललाई एक लाख ९० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश आदेश दिएको छ ।

१३ करोड भन्दा बढी सार्वजनिक सम्पत्ति हिनामिनाका अभियुक्तलाई भेटवाललाई विशेष अदालतका न्यायाधीशहरू प्रेमराज कार्की, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो ।

यही फाइनान्स लिमिटेडको रकम हिनामिना प्रकरणमा पक्राउ परेका भेटवालसँगै बसन्त मल्ल, विकास श्रेष्ठ, मधुवनलाल श्रेष्ठ, भैरवप्रसाद भेटवाल र रविन लामा पनि धरौटीमा छुटेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !