२४ बैशाख २०८१, सोमबार

एमाले-माओवादी नेताद्वारा डा. केसी पक्राउको विरोध


Govinda_KC

२५ पुस, काठमाण्डौ । नेकपा एमाले र माओवादी केन्द्रका नेताहरूले डाक्टर गोविन्द केसीको पक्राउको विरोध गरेका छन् । माओवादीका नेता नारायणकाजी श्रेष्ठ, पूर्वसभामुख ओनसरी घर्ती, एमाले नेता प्रदीप ज्ञवाली र युवा नेत्री रामकुमारी झाँक्रीले डाक्टर केसीको पक्राउको विरोध गरेका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उनीहरूले अदालतले हतारमा केसीलाई पक्राउ गरेको बताएका छन्। माओवादी नेता श्रेष्ठले अदालतको मानहानीलाई सत्याग्रहीविरुद्ध हतियार बनाइनु नितान्त गलत भएको बताएका छन् ।

‘डा•गोविन्द केसीको रातारात गिरफ्तारी कानुनको नाममा गरिएको ज्यादति हो ।”अदालतको मानहानीलाई सत्याग्रही विरुद्ध हतियार बनाइनु नितान्त गलत छ । फेरि दोहोर्याएर भन्छु, अदालत” भगवान” होइन । राज्यको पुनसंरचना गर्दा न्यायालयलाई भने यथावत राखियो । त्यसको पनि परिणाम हो यो । सम्बन्धित सबैले बुझुन्’, श्रेष्ठले ट्वीटरमा भनेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !