२३ बैशाख २०८१, आइतबार

ताप्लेजुङमा हिउँ पर्न छाडेपछि खडेरी लाग्ने भनि स्थानीयको चिन्ता


taplejung

२४ पुस, ताप्लेजुङ । ‘१० वर्ष अघि ओलाङ्चुङगोला हुँदै तिब्बत जाने सिमाना टिपतला नाका हिउँले ढाकेर पुरै बन्द हुन्थ्यो । मंसिरदेखि नै आवत जावत बन्द हुन्थ्यो’ ओलाङ्चुङ गोलाका स्थानीय छेतेन शेर्पा आˆनो अनुभव सुनाउँछन् । सोमबार सदरमुकाम फुङ्लिङको तापक्रम एक डिग्री सेलसियस मापन हुँदा माथिल्ला वस्तीहरु ओलाङ्चुङगोला, घुन्सा, याङ्मा लगायतमा माइनसमा झरेको छ ।

कुवा र धारामा पानी जमेर सिसा जस्तै भएको छ तर, हिउँ पर्न सकेको छैन । स्थानीयबासीका अनुसार बाह्रै महिना हिउँले भरिने पहाडहरुमा हिउँ क्रमश घट्दै गएको छ । नाङ्गा डाँडा र फुङ्ग उडेको मैदान मात्र छ । कृषकहरु भने अझै हिउँ पर्छ कि भन्ने आशमा छन् । घुन्साका टासी शेर्पा भन्छन्, ‘हिउँ परेन भने खडेरी लाग्छ ।’ तल्लो फेदी हुँदै सुकेटारसम्म झर्ने हिउँ त परै जाओस्, यो वर्ष पुसमा बाक्लो तुसारो पनि नपरेको माथिल्लो फेदीका स्थानीय इन्द्रनारायण भट्टराईले सुनाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !