२० बैशाख २०८१, बिहिबार

खोटाङमा आगलागी हुदाँ ५ करोड ११ लाख क्षति


khotang

 १९ पुस, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानका व्यवसायी मदन राई मंगलबार राती घरमा आगलागी हुदाँ घरमा थिएनन् । मदन राईकै घरभित्रवाट  उठेको आगोको लप्काले उनको किराना पसल सञ्चालन हुँदै आएको र जीवनभर दुःख गरेर जोडेको सम्पत्ती समेत खरानी बनाइदिएको छ ।

मंगलबार साँझ साँढे ७ बजेपछि सुरु भएको आगोले मदनको कोसँगै जोडिएका घरहरु समेत पूर्णरुपमा क्षति पुगेको छ । आगो नियन्त्रणमा खटिएका इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी र स्थानीयवासीलाई ग्याँस पड्किँदा घाइते परेको थियो ।

आगलागीमा ५ करोड ११ लाख १५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !