१४ जेष्ठ २०८१, सोमबार

४ वर्षका बच्चा अलीलाई दियो अदालतले यस्तो सजाय !


बच्चा

४ वर्षका मंसुर कुरानी अलीमाथि केही गम्भीर आरोप लागेका छन् । उक्त आरोपको कारणले नै मसुर बच्चालाई उमेरकैदको सजाय सुनाएको छ । यति सानो बच्चामाथि ४ मानिसहरुको हत्या गरेको र ८ जना मानिसहरुको हत्या गर्ने कोशिश गर्नुको साथै प्रहरीलाई धम्क्याएको पनि आरोप उनीमाथि लागेको छ । ग्रिसको मिस्त्रमा भएको यो घटना र बालकमाथि लगाइएको आरोपको धेरै देशहरुले विरोध गरिरहेका छन् ।

मानिसहरुले सडकमा बसेर फैसलाको विरुद्ध प्रदर्शन गरेका छन् । सामाजिक सञ्जालमा पनि यस घटनाको विरोध गरेका छन् । ठुला ठुला विद्धानहरुले पनि मिस्त्रको कानुुनको कडा आलोचना गरेका छन् । यस फैसलालाई बदर गर्नुपर्नै भन्दै अदालतले फेरी पनि अनुसन्धान गर्न माग गरेका छन् ।

जुन अपराधको लागि बच्चालाई दोषी बनाइएको छ र जुन गल्तीको सजाय बच्चाले भोगिरहेका छन् तइ सबै झुठा हुन् । वास्तवमा अरु नै भएको थियो तर निर्दोष बच्चामाथि आरोप लगाएर सजाय दिइएको छ । त्यो बालकसँगै ११५ जनालाई दोषी अदालतले ठहराएपनि अन्य मानिसलाई निर्दोष मानेर ४ वर्षका बच्चालाई मात्र सजाय दिइएको छ ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु