२२ बैशाख २०८१, शनिबार

चितवनको सौराहामा यही पुस ११ देखि १५ गते सम्म हात्ती महोत्सव


हात्ती महोत्सव

१२ पुस, चितवन l चितवनको सौराहामा यही पुस ११ देखि १५ गते सम्मका लागि हात्ती महोत्सव भइरहेछ, मंगलबार महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको थियो l सौराहामा हात्ती महोत्सव हरेक वर्ष हुने गरेको छ । ‘समाज, संरक्षण र समृद्धि’ भन्ने नाराका साथ हुने १४ औं संस्करणको हात्ती महोत्सवको मूल उद्देश्य सौराहाको आन्तरिक तथा बाहृय पर्यटकलाई आर्कषित र वृद्धि गर्ने रहेको क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए ।

हात्ती महोत्सवका आकर्षण
नेपालकै सुन्दर पर्यटकीय नगरी सौराहामा मूख्य रुपमा हात्ती सफारीमार्फत बन्यजन्तु एबम बनजंगलको भ्रमण र मनोरन्जनात्मक कृयाकलाप हेर्न पाइन्छ। यस बर्ष महोत्सवमा हात्तीको वनभोज, फाष्टवाक, हात्तीका छावाहरूको फुटबल प्रतियोगिता महोत्सवको आर्कषण हुन् । त्यसैगरी हात्तीपोलो, हात्ती पेन्टिङ, वार्थिङ कार्यक्रमका साथै गाडा र टाँगा दौड प्रतियोगितालाई पनि समावेश गराइन्छ ।

हात्ती वनभोजमा १ सय हात्ती सहभागी गराइने महोत्सव संयोजक दीपक भट्टराईले जानकारी दिए । सौराहामा ५७ वटा निजी हात्ती छन्, जसमध्ये ७० प्रतिशत महोत्सवमा सहभागी हुनेछन् । साथै अन्य निकुञ्जका हात्तीहरु पनि सहभागी हुन्छन् ।यसवर्ष हात्तीको वाथिङ (नुहाउने) कार्यक्रम थपिएको छ। ‘हामीले हात्तीमैत्री खेलहरु मात्रै राखेका छौं, हात्तीलाई कष्ट दिने कुनै उद्देश्य छैन’ संयोजक भट्टराईले भने, ‘छावाको फुटबल, वनभोज कार्यक्रममा हात्ती रमाएको हेर्न पाउँछौं ।’

महोत्सवमा विभिन्न जातजातिका साँस्कृतीक पहिचान झल्कने स्टलसहित ४० वटा स्टल राखिएको छ । आदीवासी थारु जातिको संस्कृति झल्कने ड्रेस लगाएर फोटो खिच्न मिल्ने व्यवस्था पनि गरिएको क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष घिमिरले जानकारी दिए । महोत्सवमा संरक्षणको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याकउने व्यक्तिहरूलाई सम्मान गरिने क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरले जानकारी दिए । गएको साउन २८ र २९ गते आएको बाढिले करोडौंको क्षति भोगेको सौराहाले पर्यटकहरूलाई नवनिर्मित सौराहा देखाउने एक अवसर हात्ती महोत्सव हुने घिमिरे बताउँछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !