१४ जेष्ठ २०८१, सोमबार

बिस्केटमा ढुङ्गा हान्नेविरुद्ध सार्वजनिक मुद्दा


Bisket Bhaktapur

भक्तपुर, ६ वैशाख । बिस्केट जात्राको अन्तिम दिन रथ तान्ने क्रममा ढुङ्गा हान्ने १२ जनालाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाइएको छ ।

जात्रामा ढुङ्गा हान्नेहरूलाई आइतबार राती नै नियन्त्रणमा लिएर सार्वजनिक मुद्दा चलाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण वज्राचार्यले जानकारी दिए ।

बिस्केट जात्राको अन्तिम दिन रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १५ सर्वसाधारण र पाँच सुरक्षाकर्मी घाइते भएका थिए । केही घरका सिसा र सिसी क्यामरा तोडफोड भएको थियो । जात्रा चलिरहँदा ढुङ्गा हानाहान भई तनावग्रस्त भएपछि राती सुरक्षाकर्मीले लठ्ठी र अश्रुग्यास प्रहार गरी भीड नियन्त्रणमा लिएको थियो ।

गःहिटी पुर्‍याउनुपर्ने रथ नासमानाबाट फर्काउने क्रममा बोलाछेको बुलुचास्थित ढुङ्गेधारामा दुई पाङ्ग्रा खसेर अड्किएपछि भैरव र बेताल देवतालाई त्यहाँ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !