२२ बैशाख २०८१, शनिबार

पहिलो चरण अन्तर्गत ८० % स्थानको मतपेटिका संकलन : निर्वाचन आयोग


१२ मंसिर,  काठमाडौँ । निर्वाचन आयोगका अनुसार आइतबार मतदान भएका ४ हजार ४ सय ६५ मतदान केन्द्रमध्ये ८० प्रतिशत स्थानको मतपेटिका संकलन भइसकेको छ। कुल २ हजार ९ सय १७ मध्ये मंगलबार रातिसम्म २ हजार ४ सय १० मतपेटिका जिल्ला सदरमुकाम ल्याइसकिएको प्रवक्ता ढकालले बताए।  दुर्गम स्थानका ४० मतपेटिका हेलिकप्टरबाट र ४६७ मतपेटिका पैदलमार्गबाट ढुवानीको काम भइरहेको उनले जनाए ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मतपेटिकाको सुरक्षालाई लिएर कुनै प्रकारको शंका/उपशंका नपाल्न आग्रह गरे। ‘मतपेटिका बिल्कुलै सुरक्षित रहन्छन्, राजनीतिक दल र उम्मेदवारलाई विश्वासमा लिएर मात्रै मतपेटिका राख्ने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘लामो अवधि मतपेटिका रुँगेर बस्नुपर्दा दल र उम्मेदवारका प्रतिनिधिलाई कठिनाइ त हुनेछ।’

सुरक्षा व्यवस्थामा मतदानमा झैं पहिलो घेरामा प्रहरी र दोस्रो घेरामा सशस्त्र प्रहरी राखिएको छ। निर्वाचन अधिकृतले आवश्यकताअनुसार नेपाली सेनाको सहयोग लिन सक्ने मतगणना निर्देशिकामा आयोगले निर्देश गरेको छ। ‘आवश्यकताअनुसार मतपेटिका भण्डारण गरिएको कक्षबाहिर सीसी क्यामेरासमेत लगाउन सकिनेछ, उनले भने।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !