६ बैशाख २०८१, बिहिबार

पूर्व माओवादी लडाकु हतियार बनाउने सामाग्रीसहित पक्राउ


purba-ladaku-

६ वैशाख, काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीले अवैध हातहतियार तथा हतियार बनाउन प्रयोग हुने समाग्री सहित एक पूर्व माओवादी लडाकुलाई पक्राउ गरेको छ ।

प्रहरीको टोलीले कैलालीको मसुरिया २ इन्द्रपुरका पूर्व माओवादी लडाकु ३९ वर्षीय बाबुराम विकलाई पक्राउ गरेको हो । विशेष सुचनाका आधारमा आईतबार दिउसो विकलाई घरबाटै पक्राउ गरिएको कैलालीका प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले जानकारी दिए ।

पक्राउ परेको विकलाई आज जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ परेको विक माओवादी दन्द्धकाल देखि नै हतिहार निर्माण गर्ने कार्यमा संलग्न रहेकोे प्रहरी प्रमुख विष्टले बताए । विक कैलालीमा हतियार निर्माण, मर्मत र बेचविखन कार्यमा सक्रिय रहेको हुनसक्ने प्रहरीले अुनमान गरेको छ ।

प्रहरीले विकको हतियार निर्माण स्थलबाट, हातहतियार निर्माण तथा मर्मतमा प्रयोग हुने मेसिन १ थान, मर्मत र निर्माण सम्बन्धी निर्माण पुस्तिका १ थान, एसएल आर राईफलको मेसिन १ थान, ३०३ राईफलको मयाग्जिन १ थान, ७७ पेस्तोल १ थान सहित म्याग्जिन बरामद गरेको प्रहरी प्रमुख एसपी विष्टले जानकारी दिए ।

प्रहरी प्रमुख विष्टका अनुसार नल कटुवा पेस्तोल १ थान, सटगन कार्टिन ५ थान, सटगन कार्टिन बेसाबुद ४ थान, ३०३ राईफलको गोली ५ राउण्ड र खोका ११ थान, यसैगरी सानो हतियारमा प्रयोग हुने राउण्ड ५ थान र रोका ७ थान, सर्टगन १ थान बेसाबुद बरामद गरिएको हो ।

प्रहरीले भरुवा भन्दुकको कुन्दा ५ थान, भरुवा बन्दुक ३ नाल, १२ बोरा बन्दुक १ थान बन्दुक बनाउन प्रयोग हुने सामान तथा ठुलो परिमाणमा मर्मत र निर्माण सामाग्रीहरु बरामद गरिएको कैलालीका प्रहरी प्रमुख एसपी विष्टले बताए ।

विकमाथि अवैध हातहतियार तथा खरखाजाना अन्तर्गत मुद्धा चलाईने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !