१४ बैशाख २०८१, शुक्रबार

महरा प्रकरण : फरेन्सिक जाँचको तयारी


कृष्णबहादुर महरा फाइल फोटो

१७ असोज, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको यौन दुर्व्यवहार आरोपका विषयमा प्रहरीले ‘फरेन्सिक जाँच’ गर्ने भएको छ । यौन दुर्व्यवहार भएको भनिएको ‘क्राइम सिन’ र पीडित रोशनी शाहीका अभिव्यक्तिमा तालमेत नदेखिएपछि प्रहरीले कानुनी परामर्श र अपराध अनुसन्धान विज्ञहरुको सुझावका आधारमा फरेन्सिक जाँच गर्न लागेको हो ।

अनुसन्धान अधिकृतहरु बिहीबार दिनभर फरेन्सिक जाँचकै लागि प्रमाण संकलनमा जुटेको स्रोतले जनायो । ‘पीडित भनिएकी महिलाले क्राइम सिनभन्द विपरीत बारम्बार फरक-फरक धारणा सार्वजनिक गर्नु शंकास्पद छ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसैले फरेन्सिक जाँचसहित अनुसन्धानमा प्राविधिक पक्ष प्रयोग गर्ने तयारीमा छौँ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु