२१ बैशाख २०८१, शुक्रबार

नयाँ वर्षमा सुशासनको नयाँ आयामको अनुभूति गर्न पाइयोस् : पूर्वअध्यक्ष रेग्मी


खिलराज रेग्मी

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नयाँ वर्षमा जनताले नवीन दृष्टिकोण, नयाँ मार्गचित्रका साथ विकास, समृद्धि र सुशासनको नयाँ आयामको अनुभूति गर्न पाउन भन्ने शुभकामना गरेका छन् ।

नव वर्ष २०८० को उपलक्ष्यमा दिएको शुभकामना सन्देशमा उनले नयाँ वर्ष सुख र समृद्धिको अनुभूति हुने तथा यस्तै विषय पढ्ने र सुन्न पाउने अवसर प्राप्त होस् भनी सबैमा शुभकामना व्यक्त गरेका छन् । उनले सन्देशमा भनेका छन्, “समयमै नीतिगत र कार्यक्रमिक रूपले कार्यान्वयन योग्य ठोस कदम चाल्न सकिएन भने अबको बाटो कता तिर भन्ने अहंम प्रश्न खडा हुन्छ । यसले जनसाधारणमा निराशा र आक्रोश बढ्न थाल्दछ ।”

चुनौती व्यवस्थापन गर्दै देश र जनताको लागि नेतृत्वदायी अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने सरकारको दायित्व रहेको शुभकामना सन्देशमा उनले उल्लेख गरेका छन् । पूर्वअध्यक्ष रेग्मीले राजनीतिक दल र नेतृत्ववर्ग हाम्रो प्रणालीमा मुख्य अवयव भएकाले राज्यले समस्या देखाउने र हेर्ने नभई समाधान दिनेतर्फ ध्यान पुर्याउनुपर्छ भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !