२२ भाद्र २०८१, शनिबार

विद्यार्थीहरूको पढाई र जाँचमा सफलता प्राप्त गर्ने हनुमान चालिसा श्लोक


हनुमान चालिसा
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हरेक विद्यार्थीको चाहना हुन्छ परिक्षामा सफल हुने इच्छा तर चाहदा-चाहदै पनि सफल नहुदा दिक्क लाग्नु स्वाभाविक हो जस्तो लाग्छ । आज मैले यसै विषयलाई ध्यानमा राखि हनुमान चालिसाको वुद्धिबर्धक मन्त्र श्लोक दिन गइरहेका छु फाइदा उठाउन सक्नु हुनेछ ।

हरेकको चाहनालाई यस्ता मन्त्रले नसोचेको सफलता मिल्ने कुरा धर्मशास्त्रमा उल्लेख गरेको पाइन्छ । आउनुहोस् हामीले यस्ता कुरामा पनि ध्यान दिन आवश्यक छ । यो कलियुगमा मन्त्रको प्रभाव चाँडो हुने कुरा उल्लेख गरेको छ । सवैभन्दा ठूलो विश्वास हो यदि हजुरले विश्वासपुर्बक जे काम गर्नुहुन्छ भने अवश्य सफल हुनेछ ।

आज समय परिवर्तन भइसकेको छ । जुन विद्यार्थीको परिक्षा नजिक आएको छ उहाँले स्वच्छ मन गरेर यो श्लोक ठुलो स्वरमा पाठ गरेमा परिक्षामा राम्रो हुने उल्लेख गरेको छ । तल मैले श्लोक दिएको छु । यस्ता कुरामा हामीले विश्वास गरेर प्रयोग गर्न सक्नुपर्छ ।

मन्त्र प्रयोग गर्ने तरिका

१. हनुमानको मुर्ति राख्ने र नित्य फलफूल राखेर हनुमान चालीसाको यो श्लोक जोड जोडसंग पढेर प्रथना गर्नु सोचेको सवै पुग्नेछ ।

श्लोक

बुद्धिहीन तनु जानिके, सुमिरो पवन-कुमार ।
बल बुद्धि विद्या देहु मोहिं, हरहु कलेश विकार ।

यो पनि पढनुहोस्

जीवनमा सफल हुन यसो गर्नुहोस्

यी राशिहरु बीचको प्रेम र विबाह कहिल्यै सफल हुँदैन

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !