१३ बैशाख २०८१, बिहिबार

यस्तो छ मान्छे जन्मनुको रहस्य


आमा र शिशु

यदि भगवान नभइदिएको भए हाम्रो उपस्थित यो धर्तीमा पक्का हुने थिएन । मानिसको जन्म पनि भगवानकै अवतार हो तर यहाँ जन्मपछि हामीलाई लोभ लालचले घेर्दछ । मानिस जन्मनुको मुख्य उद्धेश्य भनेको आफ्नो बंशको पुस्ताको निरन्तरता, आफ्नो धर्म संस्कृतिको रक्षा गर्नु साथै एकले अर्कालाई सहयोग गर्ने रहेको छ ।

आज मानिसमा स्वार्थ हावी भएको छ । स्वार्थले गर्दा मानिस पापको दलदलमा फस्दैछ । हामीमा अपार शक्ति छ तर हामीमा भक्तिभाव छैन । हाम्रो उद्धेश्य केवल कमाउने हो चाहे भ्रष्टाचार गरेर होस् या जसरी पनि कमाउनु छ ।

हामीले आजसम्म भगवान होइन पैसाको खोजमा जुटेका छौं । हामीले भन्छौं भगवान कहाँ हुनुहुन्छ । यदि हामीले गलत नगरेर सहि मार्ग अपनाउछौं भने हामीले हामी भित्रको भगवानलाई प्रत्यक्ष दर्शन गर्न सक्नेछौं ।

गौतम बुद्ध त मानिस थिए तर उनी भगवान हुन पुगे यसको अर्थ हो हामीमा पनि बुद्ध बन्ने सामर्थ्य छ । तर हामीलाई लोभ र लालचले जकडेको छ । मै खाउ मै लगाउ भन्ने भावनाले जकडेको छ । हाम्रो मानव मस्तिष्कमा फोहरले डेरा जमाएको छ ।

जबसम्म त्यो फोहरलाई हामीले फाल्न सक्दैनौं तबसम्म हामी भित्रको भगवानको दर्शन गर्न सक्ने सामर्थ्य रहने छैन। भगवान बन्न त त्याग र तपस्या चाहिन्छ । मैले राम्रो काम गर्छु, जगतको उद्धार गर्छु भने बल्ल मलाई चिन्ने संसार हुनेछ ।

तब मात्र भगवानको जन्मको सार्थक हुनेछ । भगवान खोज्न कहि जानुपर्छ भन्ने छैन । पहिले आफुलाई चिन्नुस जन्म किन भयो र मृत्यु किन हुन्छ । जन्मको वास्तविक अर्थ के हो भन्ने कुरालाई मनन गर्नुस् र हेर्नुस त्यति बेला तपाईंले भगवानको दर्शन अबश्य पाउनु हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !