जीवनमा खुसी रहन के गर्नुपर्छ ? आखिरमा खुसी के हो ? मानिस कसरी खुसी हुनसक्छ ? यी यावत् कुराको प्रश्न हरेक मानिसको मानसपटलमा घुमिरहेको हुन्छ । भनिन्छ जीवनलाई प्रेम गर्नेहरू जहिले खुसी हुनुका साथै उनीहरूमा खुसीका तरङ्ग एकाएक उब्जिरहने गर्छ र खुसी हुन्छ । जब मान्छे एकदमै खुसी हुन्छ तब मात्र मन पनि खुसी हुन्छ । उसमा एकाएक खुसीको मीठो भाव एकाकार हुन्छ । खुसी हुने मान्छे फूलजस्तै सुन्दर र स्वच्छ हुन्छ ।
समाजको प्रत्येक मनुष्य खुसी भई जीवन बिताउन चाहन्छ । आफ्नो जीवनलाई खुसी बनाउन नै मानिसहरु दिनरात तल्लिन हुन्छन् । तर धेरैले जीवन जिउने तरिका नजानेर दुःखी हुन्छन् । मनदेखि प्रसन्न ब्यक्ति शारीरिक रुपमा पनि स्वस्थ हुने चिकित्सकहरु बताउँछन् ।
हामी भित्र रहेका सकारात्मक र नकारात्मक पक्षलाई हाम्रो खुसीले प्रभाव पार्छ । प्रेम, अधार, अनुग्रह, आनन्द जस्ता सकारात्मक भावनाले हाम्रो जीवनमा खुसी लयाउँदछ भने नकारात्मक भावनाहरू जस्तै घृणा, रिस, इर्श्या, इख, गुनासो आदिले हामीलाई दुखित तुल्याउँछ । जीवनमा खुसी रहन चाहनुहुन्छ भने यी कामहरु गर्नुहोस् ।
१. सकारात्मक सोंच
सकारात्मक सोंच सुखी जीवनका लागि सबैभन्दा आवश्यक पर्ने कुरा हो । यदि तपाइँ खुसी रहन चाहनु हुन्छ भने हरेक परिस्थितिमा सकारात्मक सोंच राख्नु पर्छ । सकारात्मक सोंच राख्ने क्षमताले प्रतिकुल परिस्थितिमा पनि सुखी राख्छ ।
२. हसाउँने कुराहरु हेर्नुस्
हाँसोले जीवनलाई सहज बनाउँछ । हाँसो रोक्दा घाटा हुन्छ । हाँसोलाई सके सम्म उजागर गर्नुस् । तपाइँलाई हसाउँने चुटकिला, चलचित्र वा कुनै टेलिभिजन शो नियमित हेर्ने गर्नुस् । एक पटक हेरिसकेको चलिचित्र वा शो फेरि हेर्दा पनि कुनै घाटा हुँदैन यदि त्यसले हसाउँछ भने ।
३. नियमित ब्यायाम गर्नुस्
विहान उठेपछि वा साँझको समयमा यस्तो केही काम गर्नुस् जसले तपाइँको शरीरबाट पसिना छुटोस् । यसले दिमागलाई तेज बनाउँछ । प्रत्येक दिन ब्यायामको लागि समय निकाल्नुस् ।
४. बाहिर निस्कनुस्
तपाइँ गाउँमा बस्नु हुन्छ कि ठूलो शहरमा त्यसले खास फरक पार्दैन । तपाइँ बाहिर निस्कनुस् दुनियाँ हेर्नुस् । आसपासमा भैरहेका परिवर्तनले मानिसलाई जीवन उर्जा दिन्छ । यदि नजिकै बगैचा वा पार्क छ भने त्यहाँ केहीबेर बस्नुस् । बाहिर निस्किँदा घाम छ भने त्यसले पनि फाइदा गर्छ । घामबाट पाहिने भिटामिन डीले निराशा र दिक्कपनबाट मुक्ति दिन्छ ।
५. सुगन्धित तेलको प्रयोग गर्नुस्
स्प्रे वा सुगन्धित तेल लगाउने बानीले तपाइँलाई स्फुर्त बनाउँछ । यसले तपाइँको ब्यक्तित्व पनि आकर्षक बनाउँछ ।
६. शरीरमा मालिस गर्नुस्
समय समयमा शरीर मालिस गर्नु स्वास्थ्य र आराम दुवै दृष्टीले राम्रो हुन्छ । दिनमा एक पटक शरीरमा हल्का मालिस गर्दा पनि तपाइँलाई चुस्त र फुर्तिलो बनाउँछ ।