१२ बैशाख २०८१, बुधबार

कोरोना भाइरसको आयु कति र दैनिक रुपमा छुने विभिन्न बस्तुमा कति समय जीवित रहन्छ ?


कोरोना भाइरस

कोरोना भाइरस दैनिक काम गरिने सतहहरू, ढोकाको ह्याण्डल जस्ता स्थानमा घण्टौँसम्म जीवित रहन्छन् । भाइरस कति समयसम्म जीवित रहन्छ भन्ने ती बस्तु वा सतहको माथिल्लो भाग कुन सामग्रीले बनेको छ भन्ने कुराले निर्धारण गर्छ ।

ढोकाको ह्याण्डल, गहना, चाँदीका भाँडामा भाइरसको आयु पाँच दिनसम्म रहन्छ । फर्निचर, सजावटका सामग्रीमा भाइरसको आयु चार दिनसम्म रहन्छ ।बसका सिट, एलिभेटरको बटन, प्लाष्टिक झोला, प्लास्टिक बोटलमा भाइरसको आयु दुईदेखि तीन दिनसम्म रहन्छ । रेफ्रिजिरेटर, भाँडा, किचन बेसिनमा भाइरसको आयुः दुईदेखि तीन दिनसम्म रहन्छ ।

सिपिङ्ग बक्समा भाइरसको आयुः २४ घण्टासम्म रहन्छ । तामाका भाँडा, पूजा सामान, पानी खाने जगमा भाइरसको आयुः चार घण्टासम्म रहन्छ । आल्मुनियमका झ्याल ढोका, भाँडा, बोटलमा भाइरसको आयु दुईदेखि ८ घण्टासम्म रहन्छ । गिलास, बोटल, कचौरा, मगमा भाइरसको आयुः पाँच दिनसम्म रहन्छ । प्लेट, मग, कचौरा, गमलामा भाइरसको आयु पाँच दिन रहन्छ ।

कागजमा कोरोना भाइरसका केही प्रजाति केही मिनेट मात्रै जीवित रहन्छन् भने केही भने पाँच दिनसम्म जीवित रहन्छन् । कोरोना भाइरस अहिलेसम्म खानामा पाइएको छैन । तर कुनै पनि फलफूल खानु पूर्व वा तरकारी पकाउनु पूर्व राम्रोसँग पखाल्नु उपयुक्त हुन्छ । कोरोना भाइरस पिउने पानीमा पाइँदैन ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !