८ बैशाख २०८१, शनिबार

३९ श्रीमती र ९४ छोरा छोरी भएका यी व्यक्ति को हुन् ?


कुनै कुराहरु सुन्दासम्म पत्याउन नसक्ने हुन्छ । यस्तै एउटा व्यक्ति छ । जसको श्रीमती मात्र ३९ जना छन् । ९४ जना बच्चाहरु, १४ जना बुहारी, ३३ नाती नातीना र १ जना नन्हा पपोत्र गरेर कुल १८१ जना छन् । उनीहरु मिजोरममा बस्छन् । ७४ वर्षका जियानोको यो परिवारलाई एउटा समुदाय पनि भन्न सकिन्छ । सबै १०० कोठाको एक विशाल घरमा बस्छन् । यत्रो ठुलो परिवारलाई कोरोना भाइरसले कुनै असर गरेको छैन ।

यीनीहरु पहाडको बीचमा सुन्दर ठुलो घरमा बस्छन् । सिर्कमी काम गर्ने जियोनाको घर अहिले समुदाय बनेको छ । यति ठुलो परिवारलाई जियोनाले अनुशासनका साथ चलाई राखेका छन् । सबै मिलेर घर देखि बाहिरको काम गर्छन् । महिलाहरुले खेतीपाती गरेर घर चलाउँछन् । उनकी जेठी श्रीमतीले मुखियाको भुमिका निभाउने गर्छिन् ।

एकदिनमा यो परिवारलाई ४५ किलोग्राम चामल, २५ किलो मासु, २५ किलो दाल, दर्जनौ अण्डा, ६० किलो तरकारीहरु र २० किलो फलफुल आवश्यक पर्छ । यो अत्यावश्यक खाद्यान्य सामानहरु आफै उत्पादन गर्छन्, कुखुरा फर्म पनि चलाएका छन् ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !