२६ बैशाख २०८१, बुधबार

हरेक दिन २ सय मिलिलिटर आफ्नै पिसाब पिउने यी व्यक्ति को हुन् ?


पिसाब पिउने

एजेन्सी, बेलायतका ३२ वर्षका पुरुषले आफ्नो मूत्र पिउने गर्दछन् । पिसाब पिउनाले लामो समयसम्म जवान भइने तर्क उनको छ । पछिल्लो ४ वर्षदेखि उनले हरेक बिहान आफ्नो अघिल्लो दिन संकलन गरेको बासी पिसाब पिउने गरेका छन् । इंगल्याण्डको ह्याम्पसायरमा बस्ने ह्यारी मतादिन नामका ती युवकका अनुसार दिनहुँ पिसाब पिउनाले उनलाई डिप्रेसनबाट छुटकारा मिलेको छ । आफूले हरेक दिन २ सय मिलिलिटर बासी पिसाब पिउने गरेको उनी बताउँछन् । त्यसरी पिउने पिसाब एक हप्तादेखि एक महिनासम्म पुरानो हुने गरेको छ । बासी पिसाबमा एन्टी एजिङ अर्थात् बुढोपना रोक्ने तत्व पाइन्छ । त्यसकारण उनले पछिल्लो ४ वर्षदेखि आफ्नो पिसाब पिउँदै आएका छन् । ह्यारी पहिले डिप्रेसनको रोगी थिए । आफ्नो खराब स्वास्थ्यकै कारण उनले पिसाब पिउने निर्णय गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !