७ बैशाख २०८१, शुक्रबार

आफ्नै श्रीमतीको पोर्न भिडियो श्रीमानले देखेपछि…


एजेन्सी, भारतको बैंगलोरमा एकजना पुरुषले इन्टरनेटमा पोर्न भिडियोहरु हेर्दै गर्दा एक्कासी एउटा भिडियोमा आफ्नै श्रीमतीलाई कुनै अपरिचित पुरुषसँग यौनक्रिडा गरिरहेको देखेपछि उनको पारिवारिक विखण्डन नै हुनपुग्यो । आफ्नै श्रीमतीको पोर्न भिडियो देख्न पुगेका ती ३३ वर्षीय पुरुष उत्तर प्रदेशका हुन् भने उनकी पत्नी कलकत्ताकी हुन् । बिहेपछि उनीहरु दुवैजना बैंगलोरमा बस्दै आएका थिए । बिहेबारीका लागि जोडी जुराइदिने वेबसाइटमार्फत नै चिनाजानी गरेर सन् २०१८ मा उनीहरुले बिहे गरेका थिए । आफ्नो बिहेअगाडि कुनै पुरुषसँग प्रेम सम्बन्ध रहेको र पछि ब्रेकअप भएको कुरा ती महिलाले आफ्नो लोग्नेलाई बताएकै थिइन् । लोग्नेले श्रीमतीको त्यो यथार्थलाई स्वीकार गरेरै बिहे गरेका थिए । बिहेपछि ती महिला पतिलाई प्रायः पोर्न फिल्म हेर्न कर गर्थिन् । पत्नीको आग्रहलाई मान्नुको विकल्प थिएन ती पुरुषसँग । त्यसै क्रममा एकदिन जब उनले इन्टरनेटमा एउटा पोर्न भिडियो हेरिरहेका थिए, त्यसमा आफ्नै श्रीमतीलाई देखे । भिडियोमा उनकी पत्नी आफ्नो पूर्वप्रेमीसँग यौनक्रिडा गरिरहेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !