९ मंसिर २०८१, आइतबार

झगडा छुट्टाउन आएका फुटबल खेलाडीकाे लिङ्ग नै टोकिदिए !


फुटबल खेलाडी

एजेन्सी, टेरभिल्ले सहरमा गत नोभेम्बर महिनामा स्थानीय एससी टेरभिल्ले र ए एस सोएट्रिक क्लबबीच फुटबल खेलको समय सकिएपश्चात् दुई टिमका खेलाडिहरुबीच झगडा सुरु भएको झगडाका क्रममा खेलाडीहरु गाडी पार्क गर्ने ठाउँमा पुग्दासम्म हानाहानमै उत्रिए । हानाहानमा उत्रिएका दुईजना खेलाडीलाई टेरभिल्ले क्लबका एक खेलाडीले छुट्टाउने प्रयास गरिरहेका थिए । तर झगडा छुट्टाउन आएका उनीमाथि सोएटि्रक क्लबका एक खेलाडी जाइ लागे र उनको लिङ्ग टोकिदिए । विपक्षी खेलाडीले लिङ्ग टोकिदिएपछि इन्तु न चिन्तु बनेका ती खेलाडीलाई तत्कालै अस्पताल लगाइयो । उनको लिङ्गमा १२ वटा टाँका लगाउनु परेको छ ।आफ्नो यौनाङ्गमा टोकिएको घटनामा उनले प्रहरीमा उजुरी गरेपछि लिङ्ग टोकिदिने खेलाडीलाई पक्राउ गरियो । मोसिली जिल्ला अनुशासन समितिले लिङ्ग टोकिदिने खेलाडिमाथि फुटबलमा पाँच वर्षको प्रतिबन्ध लगाउनका साथै उनको क्लब एस एस सोएट्रिकलाई २ सय युरो जरिमाना तिराएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !