, शिक्षिकाहरूको अगाडि छात्राहरूलाई भित्रीवस्त्र फुकाल्न बाध्य !

शिक्षिकाहरूको अगाडि छात्राहरूलाई भित्रीवस्त्र फुकाल्न बाध्य !

बीबीसी । छात्राहरूलाई महिनावारी नभएको प्रमाणित गर्न शिक्षिकाहरूको अगाडि भित्रीवस्त्र फुकाल्न बाध्य पारिएको बताएका छन् । महिनावारीलाई लिएर भारतमा देखाइने असहज व्यवहार फेरि समाचारका शीर्षकहरूमा छाएको छ । पश्चिमी राज्य गुजरातस्थित एउटा छात्रावासमा बस्ने विद्यार्थीहरूले महिनावारी नभएको प्रमाणित गर्न आफूहरूलाई महिला शिक्षिकाहरूको अगाडि भित्रीवस्त्र फुकाल्न बाध्य पारिएको बताएका छन् ।

अठसठ्ठीजना छात्रालाई कक्षाकोठाबाट निकालेर शौचालय पुर्‍याइएको थियो र एकएक गरी भित्रीवस्त्र फुकाल्न लगाएर उनीहरूलाई महिनावारी भए वा नभएको प्रमाणित गर्न लगाइएको थियो । यो भुज शहरमा अघिल्लो मङ्गलवार भएको घटना हो । श्री सहजानन्द गर्ल्स इन्स्टिट्युट (एसएसजीआई) मा अध्ययनरत छात्राहरूलाई त्यस्तो गर्न लगाइएको हो ।