८ बैशाख २०८१, शनिबार

दिल्लीका ट्याक्सी चालकले कन्डम बोक्नै पर्ने बाध्यता


एजेन्सी, भारतको राजधानी नयाँ दिल्लीमा ट्याक्सी चालकहरु कन्डम बोकेर हिँड्ने गरेका छन् । भारतमा हालै परिमार्जन गरिएको ट्राफिक नियम र जरिवानामा गरिएको भारी बढोत्तरीका कारण चालकहरु कुनै प्रकारको गल्ती गर्नबाट डराउने गरेका छन् ।

प्राथमिक उपचारका सामान राख्ने बाकसमा ट्याक्सी चालकहरुले कन्डमसमेत राख्ने गरेका हुन् । यद्यपि सवारी साधनमा कन्डम अनिवार्य नगरिएको ट्राफिक अधिकारीहरु बताउँछन् । चालकहरु भने चेकिङका क्रममा ट्राफिकले कन्डमसमेत खोज्ने गरेको बताउँछन् । कतिपय स्थानमा ट्राफिक प्रहरीले चेकिङका क्रममा ट्याक्सीभित्र प्राथमिक उपचारका सामान भए–नभएको समेत हेर्ने गरेको र त्यस्ता सामान नरहेको पाइए भारी जरिवाना गरेको चालकहरुको गुनासो छ । त्यही कण्डमलाई यहाँ प्राथमिक उपचारका सामानको रुपमा लिईएको छ ।

एएनआई समाचार एजेन्सीका अनुसार कतिपय चालकले कन्डम नबोकेकै आधारमा जरिवाना तिरेको बताएका छन् । जरिवाना तिर्नु परेकै कारण पछिल्लो समय दिल्लीका अधिकांश ट्याक्सी चालकले कन्डम बोक्न थालेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !